जसपाको सोलु दुधकुण्ड नगर समिति पुनर्गठन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगर समिति पुनर्गठन भएको छ । पालिकामा आयोजित भेलाले किमा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षम सुम्जोक लामा, सोनाम लामा सचिवमा दावा जाङ्मु तामाङ उपसचिवमा दावा शेर्पा, पेम्बा शेर्पा र कोषाध्यक्षमा कुमार मगर चयन भएका छन् ।
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य लाक्पा शेर्पालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।