उदयपुरमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु ,९ जना घाइते (नाम ठेगानासहित)
भोजपुर । भोजपुर र उदयपुर जोड्ने चुवार पुल नजिकै भएको जीप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।
६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते छन् । मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । उनीहरूलाई उपचारका लागि धरान लगिएको छ ।
घटनास्थलमै मृत्यु:
१) पर्वतमाया राई-हतुवागढी- २
२) चन्द्रप्रकाश राई- हतुवागढी-२
३) रामकुमारी राई (ममता)- हतुवागढी-५
४) पदमबहादुर थापा- बराहक्षेत्र- ३
५) दिशान राई- हतुवागढी-२ (६ महिनाको)
६) कमला अधिकारी इटहरी
७) मान बहादुर बस्नेत- हतुवागढी गाउँपालिका-२ (चालक)
बीपी स्वास्थ्य प्रतिष्ठानमा
८) किसन राई -हतुवागढी-५
घाइते
१) शान्तिकला राई
२) सावित्रा राई
३) मिनु राई
४) विशेष पराजुली
५) सविना परियार
६) गायत्री थापा कटुवाल
७)सुशील परियार
८) कुलबुङ्ग राई
९) निकिता कटुवाल