नागरिक लगानी कोषको प्रभातफेरी कार्यक्रम |
काठमाडौं । नागरिक लगानी कोषले २९ औं वार्षिकोत्सवको पुर्व सन्ध्यामा प्रभातफेरी कार्यक्रम गरेको छ । कोष परिसरबाट शनिबार बिहान कोष संचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराई, संचालक समिति सदस्यहरु डा.रामशरण खरेल, चन्द्र सिंह साउथ, लक्ष्मी प्रसाद पौडेल तथा कार्यकारी निर्देशक रमण नेपाल सहितको र्याली माइतीघर मण्डलामा पुगेर पुनː कोष परिसरमा आई समापन भएको हो ।
यही चैत ४ मा हुन लागेको वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो । कोषले बिगत देखि नै यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
यसका साथै कोषले सामाजिक उत्तरदायित्व अन्तर्गत सिर्जनसिल अपांग पुर्नस्थापन तथा विशेष शिक्षा बिद्यालय नैकापका २१ जना बिद्यार्थीलाई ट्रयाक सुट, पोते, ढाका कपडा, कुर्सि टेवल, दराज, र्याक लगायतका सामान समेत बितरण गर्यो ।
सो अवसरमा कोषले रक्तदान, कोष परिषरमा सरसफाई लगायतका कार्य गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । रक्तदान सगै कोषको आधिकारीक ट्रेड युनियनले बिभिन्न खेलकुद कार्यक्रम पनि आयोजना गरेको छ ।