सबै विकास बैंकको ब्याजदर एकल अंकमा झर्यो
काठमाडौं । विकास बैंकहरूले चैत महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएपछि विकास बैंकहरू पनि निरन्तर ब्याजदर घटाउँदै आएका छन् । निरन्तर घटिरहेको ब्याजदरलाई चैतमा पनि निरन्तरता दिएको हो ।
विकास बैंकहरूले घटाएको ब्याजदर चैत १ गतेदेखि लागू हुनेछ । तर, नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा संस्थागत र व्यक्तिगतको अन्तर १ प्रतिशत हुने व्यवस्था गरेपछि केही बैंकले संस्थागततर्फको ब्याजदर भने बढाएका छन् ।
विकासन्युजलाई प्राप्त तथ्यांकअनुसार १५ वटा विकास बैंकहरूले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.४९ प्रतिशत घटाएका छन् भने संस्थागततर्फ भने ०.२२ प्रतिशतले ब्याजदर बढाएका छन् । चैतमा विकास बैंकहरूको औसत ब्याजदर व्यक्तिगतको ८.४२ प्रतिशत र संस्थागतको ७.१४ प्रतिशत रहेको छ ।
फागुनमा केही बैंकको ब्याजदर दोहोरो अंकमा रहेकोमा चैतमा भने सबै बैंकको ब्याजदर एकल अंकमा झरेको देखिन्छ ।
सांग्रिला, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटेर ८.०५ प्रतिशत र संस्थागततर्फ ०.६५ प्रतिशत बढेर ७.०५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
सिन्धु विकास बैंकको व्यक्तिगततर्फ ०.५ प्रतिशत घटेर ८.५१ प्रतिशत र संस्थागततर्फ ०.२ प्रतिशत बढेर ७.२१ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको व्यक्तिगततर्फ ०.९५ प्रतिशत घटेर ९.०५ प्रतिशत र संस्थागततर्फ ०.०५ प्रतिशत बढेर ८.०५ प्रतिशत ब्याजदर तोकेका छन् ।
महालक्ष्मी विकास बैंकले ०.३५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.०५ प्रतिशत र संस्थागततर्फ ६.०५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । कामना सेवा विकास बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटेर ८.१५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको छ ।
मितेरी डेभलपमेन्ट बैंकको व्यक्तिगततर्फ ०.५ प्रतिशत घटेर ८.५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढेर ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । एक्सल डेभलपमेन्ट बैंकको व्यक्तिगततर्फ ०.१ प्रतिशत घटेर ८.४० प्रतिशत र संस्थागततर्फ ०.९ प्रतिशत बढेर ७.४० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
कर्पाेरेट डेभलपमेन्ट बैंकको व्यक्तिगततर्फ ०.६४ प्रतिशत घटेर ९.११ प्रतिशत र संस्थागततर्फ ०.२६ प्रतिशत बढेर ८.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । लुम्बिनी विकास बैंकको व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटेर ८.७५ प्रतिशत र संस्थागततर्फ ६.४० प्रतिशत ब्याजदर निर्धारण तोकेको छ ।
ग्रीन डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटेर ८.७५ प्रतिशत र संस्थागततर्फ ०.७५ प्रतिशत बढेर ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । ज्योति विकास बैंकले ०.४५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.०५ प्रतिशत र संस्थागततर्फ ६.०५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
गरिमा विकास बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटेर ८.०५ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको छ । कर्णाली डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढेर ८.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नारायणी डेभलपमेन्ट बैंकको तथ्यांक प्राप्त भएको छैन ।