दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । माउन्टेन इनर्जी नेपाल र नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंगलबार फागुन २९ गते अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बुधबार फागुन ३० गते बुक क्लोज गर्दैछन् । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १३ गते साधारण सभा बोलाएको छ । सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।
नेसनल लघुवित्तले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा धुलिखेल लज रिसोर्ट धेलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।