मानव संशाधन भेला सम्पन्न, विद्युतीय युगमा मानव संशाधनबारे छलफल |
काठमाडौँ । ग्रोथ सेलर्स प्रालिको वार्षिक मानव संशाधन भेलाको १२ औँ संस्करण विभिन्न संघसंस्था तथा पेशाकर्मीको सहभागितामा सम्पन्न भएको छ । सम्मेलन फाल्गुन ३० गते शुरु भइ चैत्र १ गते सम्पन्न भएको छ । उक्त कार्यक्रम विद्युतिय युगमा मानव संशाधन नारा सहित सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन श्रममन्त्री गोकर्ण विष्टले गरेका थिए ।
संस्थाको तर्फबाट ग्रोथ सेलर्सका प्रवन्ध निर्देशक मोहनराज ओझाले सहभागी तथा श्रोतव्यक्तिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा मुख्य वक्ताको रुपमा भारतको इकम प्रालिका वरिष्ठ उपाध्यक्ष सौरभदिप सिंहला र टिचफर नेपालका शिशिर खनाल थिए । त्यस्तै अन्य वक्ताहरुमा विशाल ढकाल, सामाजिक सुरक्षा कोषका निर्देशक शंकर नेपाल, वोधी सत्वस्वामी आनन्द अरुण, लगायतका थिए । मनोजकुमार ज्ञवाली, जयेन्द्र रिमाल, ररिश्वराम गोर्खालीले समानान्तर सत्रहरुको सहजीकरण गरेका थिए ।