दिब्य लघुवित्तको नयाँ अध्यक्षमा जीवन भट्टराई चयन |
काठमाडौं । दिव्य लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा जीवन भट्टराई चयन भएका छन् । संस्थाको वार्षिक साधारणसभाले सेञ्चुरी कमर्सियल बैंकको प्रतिनिधिका रुपमा भट्टराईलाई सञ्चालक हुँदै अध्यक्ष चयन गरेको हो ।
कैलाश विकास बैंकका तर्पबाट प्रकृतिराज तिमिल्सिनाका साथै महेशबहादुर बस्नेत र नचोङ गुरुङ सञ्चालक चयन भएका छन् । अध्यक्ष भट्टराईले राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलसमक्ष सपथ ग्रहण गरेका छन् ।
अधिकृत पूँजी २० करोड, जारी पूँजी ११ करोड र चुक्ता पूँजी ७ करोड ७० लाख रहेको छ । १३ वटा शाखा कार्यालयहरु संचालनमा रहेको संस्थाले चालु बर्षभित्र यसलाई बढाएर २२ पुर्याउने जानकारी दिएको छ । आगामी आर्थिक बर्ष साधारण शेयर जारी गर्ने योजना संस्थाको छ ।