न्यूजिल्याण्डकै ठूलो शहर क्राइस्टचर्चका दुई मस्जिदमा आक्रमण, २७ भन्दा बढीको मृत्यु |

काठमाडौं । न्यूजिल्याण्डकै ठूलो शहर क्राइस्टचर्चमा रहेका दुईवटा मस्जिदमा अज्ञात समूहले आज बिहान अन्धाधुन्द गोली प्रहार गर्दा धेरै हताहत भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । डेली मेलका अनुसार उक्त घटनामा बालबालिकासहित कम्तिमा २७ जनाको मृत्यु भएको छ ।
आज मस्जिदमा जुमेको नमाज रहेकै बेला त्यस्तो आक्रमण भएको हो । थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ ।
प्रधानमन्त्री जेसिन्डा अर्डनले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छिन् । उनले आक्रमणमा आप्रवासी र शरणार्थीहरूको संलग्नता रहेको आशंका गर्दै उनीहरूलाई पक्राउ गर्ने संकेत दिएकी छिन् ।
आक्रमणकारी, उनले आफ्नो नाम ब्रेन्टन ट्यारन्ट भनेका छन् । प्रहरी कमिश्नर माइक बुशका अनुसार एक आक्रमणकारी पक्राउ परेका छन् । उनका अनुसार घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता भए नभएको खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
डेली मेलका अनुसार यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता रहेको छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेको भिडियो फुटेजमा देख्न सकिन्छ ।
आक्रमणपूर्व उनले ‘लेट्स पार्टी स्टार्टस्’ भनेका छन् । उनले कारमा कम्तिमा ६ वटा राइफल राखेको डेलीमेलको दाबी छ । उनले आक्रमणमा प्रयोग गरेको राइफलमा विभिन्न व्यक्तिहरुको नाम उल्लेख छ ।