भवन भट्टले किने नेशनल लाइफ इन्स्योरेन्सको झण्डै २ लाख कित्ता संस्थापक शेयर | उक्त कारोबारबाट १ करोडभन्दा माथिको पूँजीगत लाभकर तिर्ने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख ९६ हजार २६२ कित्ता संस्थापक शेयर गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टको कम्पनी बीबी होल्डिङले खरिद गरेको छ । एक वर्षअगाडि भएको खरिद सम्झौताअनुसार आज बिहीवार नेशनल लाइफ इन्स्योरेन्स र भट्टको कम्पनी बीबी होल्डिङबीच कारोबार भएको हो ।
एक वर्षअगाडि सर्वसाधारण शेयर २२०० रुपैयाँभन्दा माथि हुँदा भट्टले संस्थापक शेयर प्रतिकित्ता १०७० रुपैयाँमा खरिद गरेका थिए । वर्षदिनअघि नै द्विपक्षीय रूपमा यसको ‘म्यानुअल कारोबार’ भएको थियो । तर, आज बिहीवार दोस्रो बजारमा कम्पनीको साधारण शेयरको मूल्य ६६९ रुपैयाँ मात्रै छ ।
आज भएको कारोबारबाट १ करोड २० लाख रुपैयाँभन्दा माथिको पूँजीगत लाभकर तथा अन्य शुल्क भुक्तानी हुनेछ । एनआरएन अध्यक्ष भट्टले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् ।