महानगरले सीपमूलक तालिम सञ्चालन गर्ने, २३ वटा कलेजसँग हस्ताक्षर
काठमाडौं । काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले सरकारी र निजी २३ वटा क्याम्पसहरूसँग सीपमूलक तालिम सञ्चालनका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ।
बिहीबार विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरूले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
महानगरले चालु आर्थिक वर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ। जसमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम एक हो। यस कार्यक्रममा रोजगारमूलक सीप विकास तालिम सञ्चालन हुने महानगरले जनाएको छ।
सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सीप नजानेका र सीपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सीप सिकाउने तथा सीपको स्तरोन्नति गराइने महानगरको योजना छ।
१५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने कार्यक्रमको लक्ष्य भएको महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन्।
‘रोजगारीका लागि सीप विकास तालिम चाहिनेहरू लक्षित वर्ग भएकोले रोजगारी वा आयमूलक काममा आबद्धता यसको नतिजा हो,’ उपमेयर डगोलले भनिन्, ‘महानगरको योजनामा सामाजिक उत्तरदायित्व वहन गर्दै कलेजहरूसँगै हुनु सुखद् कुरा हो।’
महानगरका अनुसार सम्झौताबमोजिम कलेजहरूले कक्षा कोठा, स्थान र प्रयोगशाला निःशुल्क उपलब्ध गराउने छन्। प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउने छ। यसका लागि कलेजहरूले महानगरमा लागत अनुमान पेश गर्नु पर्नेछ।
तालिमको संयोजन र सहजीकरण महानगरबाट खटाइएका तालिम संयोजकहरूले गर्नेछन्।
सीपमूलक तालिमका लागि अहिलेसम्म करिब १० हजारले आवेदन दिइसकेका छन्। सूचना प्रविधिमा आधारित तालिममा धेरैको चासो भएको महानगरको भनाइ छ। यस्तै, तालिममा भाग लिन चाहनेले वडा कार्यालयमा वा अनलाइन फारामबाट आवेदन दिन सक्ने महानगरले जनाएको छ।
यी क्षेत्रमा महानगरले दिँदैछ तालिमः
१. प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ् तथा सीसीटिभी क्यामरा जडान तथा मर्मत तालिम
२. सफ्टवेयर डिभलपमेन्ट तालिम
३. प्रोफेसनल इलेक्ट्रिसियन एण्ड प्लम्बिङ् तालिम
४. सिलाइ कटाइ तथा फेसन डिजाइनिङ् तालिम
५. कन्स्ट्रक्सन लेवर तथा मिस्त्री तालिम
६. व्युटी पार्लर तथा सैलुन तालिम
७. मोटरसाइकल रिपेयर मेन्टिनेन्स तालिम
८. लाइट भेहिकल मेन्टिनेन्स तालिम
९. कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ् तालिम
१०. हस्तकला तथा मूर्तिकला तालिम
११. आकाशे पानी संकलन तथा रिजर्व वोरिङ् तालिम
१२. सरसफाइ तथा माली तालिम
१३. कौसी खेती (भर्टिकल फार्मिङ्. तालिम
१४. हेभी इक्वीपमेन्ट अपरेटर (ब्लाक व्हो, लोडर, एक्साभेटर. तालिम
१५. फास्टफुड÷चाइनिज र इन्डियन कुक तालिम
१६. बारिस्ता ÷ बेकरी तालिम
१७. बार ट्रेण्डिङ्÷वेटर÷वेट्रिस तालिम
१८. होम एप्लाइन्सेस मर्मत तालिम
१९. अनलाइन रोजगार (जब. तालिम
२०. सम्पदा निर्माण तथा मर्मत तालिम
२१. प्रोसेसनल अकान्टिङ् तालिम
२२. रिसेप्सनिष्ट तथा क्यासियर तालिम
२३. मार्केटिङ् तथा डिजिटल मार्केटिङ् तालिम
२४. ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ्
२५. एल्मुनियम, युपीभीसी, फेब्रिकेसन तालिम
२६. टुटिस्ट गाइड तालिम
२७. सेक्युरिटी गार्ड तालिम
२८. स्पा तथा थेरापी तालिम
२९. लघु उद्यम विकास सहजकर्ता तालिम
३०. जुत्ता बनाउने तालिम
३१. सहकारी व्यवस्थापक तालिम
३२. गरगहना बनाउने तालिम
३३. विभिन्न खेलकुदका लागि
३४. साइबर सेक्युरिटी