क्लियरिङ हाउसमा सीईओमा पुनः नीलेश मान |
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको सीईओमा पुनः नीलेश मान सिंह प्रधान नियुक्त भएका छन् । कम्पनीको १२३औं सञ्चालक समितिको बैठकले उनलाई पुनः सो पदमा चार वर्षका लागि नियुक्त गरेको हो । समितिले उनको सो पदको पदावधि आगामी चैत १ गतेदेखि लागू हुने गरी पुनः नियुक्त गरेको हो ।
प्रधान नेपाल क्लियरिङ हाउसमा २०६७ साल चैतदेखि कार्यरत छन् र कम्पनी स्थापनादेखि हालको उचाइसम्म पुर्याउन प्रमुख भूमिका निर्वाह गरेका छन् । काठमाडौं विश्व विध्यालयबाट बी.ई. र इण्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट एम.बी.ए गरेका उनीसँग बैंकिङ तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्षभन्दा बढीको राष्ट्रिय र अन्तरराष्ट्रिय अनुभव छ ।
नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीको संयुक्त लगानीमा स्थापित नेपाल क्लियरिङ हाउसले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी तथा फछ्र्योटका प्रणालीहरू स्थापना गर्ने उद्देश्य लिएको छ ।