निर्वाचन प्रमुख आयुक्त र युएनवमेन प्रमुखबीच भेट
काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया र United Nations Women (UNWOMEN) नेपालका Country Representative Patricia Fernandez-Pacheco बीच बुधबार भेट भएको छ । भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले नेपालको विकासका प्रयासहरुमा UNWOMEN ले गरेका विभिन्न प्रयासहरुको चर्चा गर्दै हाल लैंगिक समावेशिकरणको क्षेत्रमा नेपाल सरकारका विभिन्न निकायहरुसँग UNWOMENले गरिरहेको सहकार्यको प्रशंसा गरे । निर्वाचन आयोग नेपालका विभिन्न कृयाकलापमा विगतदेखि नै UNWOMEN ले गरेको सहयोगको स्मरण गर्दै उनले आयोगबाट हाल कार्यान्वयन भइरहेको तेश्रो रणनीतिपत्र र निर्वाचन आयोगको लैंगिक तथा समावेशी नीतिको मूल्याङ्कन एवम् चौथो रणनीतिपत्र तयारीको साथै सोको कार्यान्वयनमा सहकार्य गर्न आव्हान गरे ।
सो अवसरमाUNWOMEN sf Country Representative ले नेपालको लैंगिक तथा समावेशिकरणको सफलता उदाहरणीय रहेको उल्लेख गर्दै राजनीतिक क्षेत्रहरुमा महिलाको गुणस्तरीय सहभागिता वृद्धिको लागि थप नीतिगत तथा कृयाकलापगत व्यवस्थाहरु गर्न आवश्यक रहेको बताए । निर्वाचन आयोगले अवलम्बन गरेको लैंगिक समावेशिकरणका प्रयासहरुमा हरसम्भव सहयोग गर्न UNWOMEN को नेपाल कार्यालय सदा तयार रहेको हुँदा आगामी दिनहरुमा निर्वाचन आयोगको रणनीति तय गर्न र सोको कार्यान्वयनमा पनि UNWOMEN सहकार्य गर्न इच्छुक रहेको जानकारी दिए ।
निर्वाचन आयोग नेपाल र UNWOMEN Nepal कार्यालयबीचको सहकार्यमा निर्वाचन र महिला विषयमा एक वृहद अन्तरक्रिया गरी आगामी दिनहरुमा निर्वाचनका सबै प्रकृया र चरणहरुमा महिला सहभागिता वृद्धि गर्नका लागि सुझाव लिइने कुरामा सहमति जनाइएको छ ।उक्त भेटघाटमा निर्वाचन आयुक्त जानकीकुमारी तुलाधर, सहसचिव रमेश ढकाल र उपसचिव डा. थानेश्वर भुसाल तथा UNWOMEN को नेपाल कार्यालयका Program Specialist रचना भट्टराइको सहभागिता रहेको थियो ।