कतार एयरवेजले गर्यो पूर्णरुपमा महिला समूह सम्मिलित उडान |
दोहा, कतार । कतार एयरवेजले आइतबार १० मार्चका दिन पूर्णरुपमा महिला समूह सम्मिलित उडान गरेको छ । १५ महिला समूहको चालक दलले ब्रसेल्स्देखि दोहासम्मको उडान गरेको थियो । एयरबस A350 सत्प्रतिशत महिला समूह सम्मिलित चालक दल भएको पहिलो उडान हो ।
एयरलाइन्सले हालै अन्तरराष्ट्रिय हवाई यातायात संघ (आईएटा) सँग ‘आईएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्ड्स’ को सुरुवातको लागि १० वर्षे साझेदारी घोषणा गरेको छ । जसले उड्डयन उद्योगमा बृहत् रुपमा लैङ्गिक विविधतालाई प्रोत्साहन गर्दछ । महिला वर्गलाई यस उद्योगको प्रत्येक स्तरमा अगाडि बढाउन प्रोत्साहन प्रदान गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कतार एयरवेजले अर्को दशकका लागि उक्त अवार्डलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त सम्मानका पहिलो विजयीहरुको नाम आगामी जुन महिनामा हुने आईएटाको वार्षिक साधारण सभामा घोषणा गरिने छ ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भने, ‘कतार एयरवेज यस एयरलाइन्स र पूरै उद्योगभित्र लैङ्गिक विविधतालाई प्रोत्साहन गर्न प्रतिवद्ध छ । ब्रसेल्स्देखि दोहासम्मको दुईवटा उडान कतार एयरवेजमा समान रुपमा महिलाहरुलाई प्रतिनिधित्व गराउने कम्पनीको लक्ष्य छ ।