बेलायती संसदद्वारा इयूबाट बाहिरिने प्रस्ताव दोस्रोपटक पनि अस्वीकृत |
युरोपेली संघ (इयू) बाट बाहिरिने सम्बन्धी प्रस्ताव (बेक्जिट) बेलायती संसदले अस्वीकृत गरेको छ । बेलायती संसदले दोस्रो पटक यस्तो प्रस्ताव अस्वीकृत गरेको हो । प्रधानमन्त्री थेरेशा मे ले संसदमा प्रस्तुत गरेको संशोधित प्रस्ताव पनि अस्वीकृत भएको हो ।
गत जनवरीमा पनि प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरेको थियो । संशोधित प्रस्ताव पनि भारी मतान्तरले अस्वीकृत भएपछि प्रधानमन्त्री मे अप्ठ्यारोमा परेकी छन्।् । मार्च २९ सम्म बेक्जिटबारे निर्णय लिनुपर्ने भए पनि ठोस परिणाम आउन सकेको छैन ।
संसदमा प्रधानमन्त्री मे को प्रस्ताव १४९ मतले अस्वीकृत भयो । प्रस्तावको पक्षमा २४२ र विपक्षमा ३९१ मत परेको थियो । संशोधित प्रस्तावमा प्रधानमन्त्री मेले प्रस्तावको पक्षमा मतदान गर्न वा ब्रेक्जिट नै खारेजीका गर्न आग्रह गरेकी थिइन ।
गत जनवरी १६ मा पनि बेलायती संसदमा बेक्जिटबारे मतदान भएको थियो । त्यसबेला पनि प्रधानमन्त्री मेले बेलायतलाई युरोपियन युनियनबाट बाहिरिनका लागि गरेको ब्रेक्जिट प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरिदिएको थियो ।
उक्त प्रस्तावका पक्षमा २०२ मत परेको थियो भने विपक्षमा ४३२ मत परेको थियो। मेकै पार्टीका सांसदहरुले समेत उनको प्रस्ताव विरुद्ध मतदान गरेका थिए ।
प्रस्ताव अस्वीकृत भएपछि मेले संसदमा अविश्वासको प्रस्तावको सामाना गर्नुपेको थियो । तर उनीविरुद्ध अविश्वासको प्रस्ताव पारित भने भएन ।
अब बुधबार पनि संसदमा मतदान हुनेछ । बुधबार भने बिना सम्झौता बेलायत इयूबाट बाहिरिनु पर्छ वा पर्दैन भन्ने विषयमा मतदान हुनेछ ।
एजेन्सी