विप्लव समूह माथि सरकारको प्रतिबन्ध, अपराधिक संगठन भएको ठहर |
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) ले आफ्नो पुर्व सहयोद्धा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएका छन् । फागुन २८ गते अपरान्ह बसेको मन्त्रीपरिषदको बैठकले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
प्राप्त जानकारीअनुसार विप्लव समूहका क्रियाकलापहरूलाई देशभर प्रतिबन्ध लगाउने निर्णय भएको छ । विप्लबका गतिविधि राजनीतिक भन्दा पनि अपराधिक भएका त्यसैलाई प्रतिबन्ध लगाउने भनिएको बताइएको छ ।
केहिदिन अघि मात्रै एनसेलको प्रधान कार्यालय तथा म्यानपावर व्यवसायीको घरमा बम बिस्फोट गरेको तथा देशका बिभिन्न ठाउँहरुमा विस्फोट तथा आगजनी गरेपछि सरकार क्रुद्ध बनेको थियो । प्रहरीले देशभर विप्लवका कार्यकर्तालाई पक्राउ समेत गरिरहेको छ ।
सरकारले स्वतन्त्र मधेस माग गर्दै पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतसँग ११ बुँदे सहमति गरेको पाँच दिनपछि विप्लवमाथि प्रतिबन्ध लगाएको हो ।