संस्कृति राज्यमन्त्रीद्वारा मदारबाबा मेला उदघाटन
नवलपरासी । मुस्लिम र हिन्दु धर्मावलम्बिहरुको साझा तीर्थ स्थलको रुपमा रहेको नवलपरासीको मदारबाबा मेलाको उदघाटन संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले गरेकी छन् ।
ईस्लाम धर्मका गुरु कुदुबुल जिन्दा मदार शाह बाबाले ४० दिन सम्म तप गरेर शिद्धि प्राप्त गरेको स्थानको रुपमा नवलपरासीको विनय त्रिवणी गाउँपाकिलाकाको दाउन्ने पहाड माथी रहेको मदारबाबाको मजारमा चादर चडाउनका लागि नेपाल र भारतका लाखौं श्रद्धालुहरु आउने गरेका छन । फागुन १७ गते देखी शुरु भएको मदारबाबा मेलामा १० दिन सम्म चल्ने मदार बाबा मजार संरक्षण संस्थाका अध्यक्ष जमालुद्धिन अन्सारीले बताए ।
हिन्दु र मुसलमान दुबै समुदायका मानिसहरुले आ आफनो समस्याको समाधानका लागि मन्नत माग्ने (भाकल गर्ने) र सो पुरा भए पछि यो मेलामा आएरण् मदार बाबाको समाधिमा च्यादर चडाउने प्रचलन रहेको छ । यसका लागि नेपाल बाट भन्दा पनि भारतको विहार, उत्तर प्रदेश, मध्य प्रदेश, पन्जाब, दिल्ली लगाएतका प्रान्तहरुबाट भक्तजनहरु लाखौको संख्यामा यहाँ आउने गरेका आयोजन संस्थाका अध्यक्ष अन्सारीले बताए ।
प्रत्येक वर्ष मदारबाबा मेलामा लाखौंको संख्यामा देश विदेशबाट भक्तजनहरुको आउने क्रम जारी रहीरहदा प्रशासन एवं राज्यको तर्फबाट यस मेलालाई अफै ब्यवस्थीत गर्न सकिरहेको छैन । हिन्दु धर्म सम्प्रदायको पशुपतिनाथ, गडिमाई मेला, जनकपुरको रामजानकीको मन्दीरहरुमा लाग्ने मेलाहरु, बुद्ध धर्मावलम्बीहरुको लुम्बिनी, रामग्राम स्तुपा जस्तै मुस्लीम समुदायहरुको मदारबाबा मेला पनि प्रख्यात रहेको अवश्थामा यसको उचित प्रचारप्रसार, ब्यवस्थित गर्न नसक्नुका कारण मदारबाबा मेला ओफेलमा परेको छ ।
यसै गरि अहिले सम्म मदारबाबा मेला स्वतस्फुर्त रुपमा मात्र लाग्ने गरेको र सो मेलाबाट लाखौं रुपैया भेटी स्वरुप आमदानी स्रोत समेत रहेको अवश्थामा पनि पर्यटन मन्त्रालय, स्थानिय प्रशासनले समेत यस क्षेत्रमा ध्यान पुर्याउन नसक्दा मदारबाबा मेला ओफेलमा परेको छ । यस वर्ष मदरबाबा मेलामा मेला ब्यवस्थापन समितीले करिब १२ लाख पर्यटक आउने अनुमान गरेको भए पनि वास्तवमा कति पर्यटक मदरबाबा मेलामा आए भन्ने तथ्यांक अझै बाहिर आउन सकेको छैन ।