अमेरिकी शेयर बजारमा देखिएको सकारात्मक प्रभावले सुनचाँदीको बजार प्रभावित
काठमाडौं । यो साता अमेरिकी शेयर बजारमा देखिएको सुधारको कारणले सुनचाँदी बजारमा उतार चढाव देखिएको बिश्लेषकहरुले बताएका छन्।
विश्व बजारमा शुक्रबार सुन करिब ४ डलरले घटेकाे छ । आज सुन प्रतिअउन्स २ हजार २० डलर बराबरमा काराेबार भइरहेकाे छ । लगानीकर्ताहरू सुरक्षित लगानी भन्दै शेयर बजारमा थुप्रिदा पनि सुनकाे भाउमा प्रभाव परेकाे हाे ।
सुन गत वर्षकाे अप्रिलमा ४.३० डलरले घटेर २,०३०.३० डलरमा काराेबार भएकाे थियो। यस्तै, मार्चमा चाँदी ०.११४ डलरले झरेर २२.७७ डलरमा झरेकाे थियो।
बिहीबारकाे काराेबारमा एशियाली र युरोपेली शेयर बजार मिश्रित भएपनि रातभरको कारोबारमा बढेकाे थियाे। जापानको निक्केइ स्टक इन्डेक्स बिहीबार ३४ वर्षमा पहिलो पटक कीर्तिमानी उचाइमा पुग्याे । यसैगरी, यूएस स्टक इण्डेक्स फ्युचर्स पनि बढेर दैनिक उच्चस्तरमा छ । एस एण्ड पी ५०० फ्यूचर्स र डाउ जोन्स इन्डस्ट्रियल पनि बढेर नयाँ रेकर्ड स्तर नजिक पुगेकाे छ । जसका कारण सुनतर्फ लगानीकर्ताकाे आकर्षण कम भएकाे हाे । यसरी सुनकाे भाउमा असर परेकाे हाे।
चाँदीकाे मूल्य पनि फागुनकाे सुरूवातदेखि नै सामान्य उतारच चढाव देखिएकाे छ । फागुनकाे पहिलाे दिन र आज चाँदीकाे एकै मूल्य रहेकाे छ । अर्थात् फागुन १ गते, चाँदी प्रतिताेला एक हजार ३९५ रूपैयाँमा किनबेच भएकाे चाँदी फागुन ११ गते पनि साेहि मूल्य कायम रहेकाे छ । यद्धपी यसबीचमा सामान्य घटबढ भने भइनै रह्याे ।