सन सेक्युरिटिजद्वारा “सन विथ कम्युनिटि” कार्यक्रम सञ्चालन
काठमाडौं । सन सेक्युरिटिज प्रा.लि. कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आज काठमाण्डौ महानगरपालिका वार्ड नं. १ सँगको सहकार्यमा “सन विथ कम्युनिटि” कार्यक्रमको शुरुवात गरेको छ। सन सेक्युरिटिज प्रा.लि.को कार्यालय नक्सालमा काठमाण्डौ महानगरपालिका वडा नं. १मा बसोबास गर्ने स्थानीय वासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो ।
कार्यक्रम अन्तरगत सन सेक्युरिटिज प्रा.लि.ले वडा नं.१ का स्थानीय वासिन्दाहरुलाई शेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएको छ ।
दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालित कार्यक्रममा काठमाण्डौ महानगरपालिका वार्ड नं. १ का सचिव सर्वज्ञ राज पौडेलको प्रमुख आतिथ्य तथा सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सन विथ कम्युनिटि कार्यक्रम अन्तरगत आजको कार्यक्रममा शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा १ भित्र वडाभित्र बसोबास गर्नुहुने करिब ६० जना स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सवज्र्ञ राज पौडेलले सन सेक्युरिटिजले काठमाण्डौ महानगरपालिका १ भित्र समुदायलाई लाभ हुने गरी सञ्चालित यस प्रकारको कार्यक्रमबाट १ नं. वडाबासीहरु लाभान्वित हुने बताए । यसकासाथै शेयरबजारमा लगानीगरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएको हुँदा प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताए । यसैगरी, कार्यक्रमका अध्यक्ष तथा सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरीले सन सेक्युरिटिज प्रा.लि.ले यस काठमाण्डौ महानगरपालिका वार्ड नं. १ भित्र धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दैगर्दा यसको लाभ सम्पूर्ण १ नं. वडाका बासिन्दाहरुले पाउन सक्नु भनेर व्यवसायलाई कम्युनिटिसँग जोड्ने पहलस्वरुप यस प्रकारको कार्यक्रको शुरुवात गरिएको बताए । उनले यस्तो कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने बताए । यसबाहेक पनि सम्पूर्ण वडा नं. १ बासी स्थानीयहरुले सन सेक्युरिटिजको कार्यालयमा कार्यालय समय भित्र आई शेयर बजार तथा लगानीका विषयमा रहेका आफ्ना समस्या तथा जिज्ञासाहरु राख्न सक्ने बताए ।