उत्कृष्ट उपकुलपतिमा प्रा.डा. नन्दबहादुर सिंह र उत्कृष्ट रजिष्ट्रारमा डा तिलकराम आचार्य सम्मानित
काठमाडौं । कलेज रिडर्सले काठमाडौंंको मल्ल होटलमा ‘विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार सम्मान’ कार्यक्रमको आयोजना गरेको छ । उक्त सम्मान कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्कृष्ट उपकुलपति तथा रजिष्ट्रार हरुलाई नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मान गरेका छन् ।
मुल्याङ्कन समिति प्रमुख प्रा डा भीमप्रसाद सुवेदीको सिफारिसमा उक्त सम्मान तथा अवार्ड प्रदान गरिएको हो । कलेज रिडर्सका संरक्षक भवानीप्रसाद पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कलेज रिडर्सका प्रमुख कार्यकारी अधिकृत जितेन्द्र घिमिरेले कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन कलेज रिडर्सका सम्पादक केशव नेपालले गरेका थिए ।
वर्षको उत्कृष्ट उपकुलपतिः प्रा.डा. नन्दबहादुर सिंह, उपकुलपति, मध्यपश्चिम विश्वविद्यालय
वर्ष उत्कृष्ट रजिष्ट्रारः डा तिलकराम आचार्य, रजिष्ट्रार, लुम्बिनी बौद्ध विश्वविद्यालय
प्रोमिसिङ भाइस चान्सलर अफ दि इयरः प्रा . डा . भोला थापा, उपकुलपति, काठमाडौं विश्वविद्यालय
प्रोमिसिङ रजिष्ट्रार अफ दि इयरः प्रा.डा.दीपकबहादुर भण्डारी, रजिष्ट्रार, पोखरा विश्वविद्यालय
उपकुलपति र रजिष्ट्रारहरूको सम्मान तथा अवार्डका लागि विश्वविद्यालय अनुदान आयोगका पुर्व अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीको अध्यक्षतामा निर्मित मुल्याङ्कन समितिले निििश्चत मापदण्ड निर्धारण गरी सम्मान तथा अवार्डका लागि सिफारिस गरेको थियो ।