जसपाले सदस्यता वितरण तथा नविकरण कार्यलाई तिव्रता दिँदै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सदस्यता वितरण तथा नविकरण कार्यलाई तिव्रता दिएको छ । जसपाले पार्टी सदस्यहरुलाई सदस्यता वितरण तथा सदस्यता नविकरणका लागि यही फागुन २५ गतेसम्मको समयसीमा तोकेको छ ।
पार्टी केन्द्रीय कार्यालयले सदस्यता आवेदन फाराम, सदस्यता पत्र प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति र भ्रातृ सङ्गठनलाई उपलब्ध गराउने कार्य गरिरहेको छ ।
जसपाका पार्टी सदस्य र सङ्गठित पार्टी सदस्यता गरी दुई खाले सदस्यताको व्यवस्था गरेको छ । सदस्य सङ्ख्या र समिमिबाट प्रतिनिधित्व गर्ने गरी महाधिवेशन प्रतिनिधि निर्वाचित हुने भएका कारण सदस्यता वितरण कार्यलाई तिव्रता दिइएको हो ।
गत २०८० मङ्सिर ३० गतेभित्र पार्टी सदस्यता प्राप्त गरेका, पार्टीमा आवद्ध वा कार्यरत रहेका सदस्यलाई मात्र सङ्गठित पार्टी सदस्यता प्राप्त गर्ने छन् ।
जसपाले २०८१ जेठ २८ गतेदेखि धनुषामा राष्ट्रिय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।