वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा शंकास्पद बस्तु विस्फोट |
काठमाडौं । बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा शंकास्पद बस्तु विस्फोट भएको छ । उक्त विस्फोटमा गाडी पूर्ण रुपमा जलेको छ ।
शुक्रबार साँझ ७ बजे तिर भएको विस्फोटबाट घरमा पार्क गरेको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेका छन् ।
बिस्फोटपछि कारमा आगलागी आगलागी हुँदा पूर्ण रुपमा जलेको छ । आसपासका आधा दर्जन घरका झ्यालको सिशा फुटेको छ । गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ ।
महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । बिस्फोटपछि उक्त क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगेको छ । उक्त विस्फोटमा मानविय क्षेति भने भएको छैन्। ।