जसपानिकट प्रेस मञ्च, नेपाल संघीय समिति पुनर्गठन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट प्रेस मञ्च, नेपाल संघीय समिति पुनर्गठन गरिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संघीय समितिको बैठकबाट कमन देवानको अध्यक्षतामा ४३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
त्यस्तै बैठकबाट आसन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनबारे आवश्यक समन्वय र तयारीका लागि संगठनका अध्यक्ष कमन देवानको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाएको छ ।
साथै पछिल्ला दिनहरुमा सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वलगायत उपलब्धी उल्ट्याउने दुष्प्रयासहरु बिरुद्ध संगठनले बलियो कलमी प्रतिवाद गर्ने निर्णय गरेको छ ।
संगठनले नेपाल पत्रकार महासङ्घको संस्थापक र नेपालमा पत्रकारहरुलाई सङ्गठित गर्ने समय र व्यक्तिका बारेमा निक्कै बिरोधाभाषपूर्ण अवस्था रहेकोले इतिहासको गहन अध्ययन, अनुसन्धान गर्न जोडदार माग गरेको छ ।
बैठकले अशोक दत्त, लक्ष्मण यादव, दिनेश दङ्गाल र बृजमान तामाङलाई केन्द्रीय समितिमा मनोनयन गरिएको छ । बैठकमा पार्टीका प्रचार प्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतको उपस्थिति रहेको थियो ।