हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । हिमालयन रिइन्सुरेन्स र एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज आइतबार फागुन ६ गते अन्तिम दिन हो । हिमालयन रिइन्सुरेन्सले साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ७ गते बुक क्लोज गर्दैछ । एसियन लाइफले सभा प्रयोजनका लागि फागुन ८ गते बुक क्लोज गर्दै छ । भोली फागुन ७ गते प्रजातन्त्र दिवस पर्ने भएकोले सो दिन सेयर बजार बन्द हुनेछ । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।
हिमालयन रिइन्सुरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
एसियन लाइफले गत वर्षको नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न फागुन १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ ।