एलिभेटिङ क्यामरासहितको ‘भिभो भी १५ प्रो’ सार्वजनिक, मूल्य साढे ५२ हजार रुपैयाँ |
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भिभोले आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ‘भिभो भी १५ प्रो’ सार्वजनिक गरेको छ । कम्पनीले फेब्रअरीमा छिमेकी मुलुक भारत तथा बिहिबार नेपाली बजारमा भीभो भी १५ र भीभो भी १५ प्रो नामक स्मार्टफोन ल्याएको हो ।
कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नेपालमै पहिलोपटक एलिभेटिङ फ्रन्ट क्यामेरा सहितको नयाँ फोन सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको भिभो भी १५ प्रोको मुख्य विशेषता एलिभेटिङ क्यामरा, पुर्ण डिस्प्ले तथा ट्रिपल एआई क्यामरा जस्ता आकर्षक विशेषताहरु जडान गरेको छ ।
कम्पनीका अनुसार एलिभेटिङ फ्रन्ट क्यामरा ३२ एमपीको रहेको छ । जसले फेस रिकग्नीसन तथा एआई टेक्नोलोजीमार्फत फेस डिटेक्सन समेत गर्दछ । मोबाईलको डिस्प्लेमा भने कुनैपनि फिचरले बाधा नपुर्याइकन स्क्रीन टु बडी ६ दबमलव ३९ ईन्चको सुपर एमोलेड अल्ट्रा फूलभ्यु डिस्प्ले रहेको छ ।
कम्पनीले आफुले ल्याएको नयाँ मोबाईलका ३ ओटा क्यामेरामध्ये ८ मेगापिक्सेलको वाईड एंगल क्यामरा, ५ मेगापिक्सेलको डेप्थ क्यामरा र फोर ईन वान पिक्सेल रहेको मुख्य क्यामराले १२ मेगापिक्सेलको क्षमता राख्छ । कम्पनीले सार्वजनिक गरेको नयाँ फोनको मूल्य भने नेपाली बजारमा ५२ हजार ४ सय ९० रुपैयाँ तोकेको छ ।