वेनक्यू ब्राण्डका प्रोजेक्टर, मनिटर र स्मार्ट बोर्डमा आर्कषण बढ्दो छ
अंकिता कर्वा
वरिष्ट बजार ब्यवस्थापक
वेनक्यू साउथ एसिया
१५ वर्षदेखि सूचनाप्रविधि सेवाका प्रतिष्ठित कम्पनीमा काम गर्दै आइरहेकी अंकिता शर्मा विगत ७ वर्षदेखि वेनक्यू साउथ एसियाको वरिष्ट बजार ब्यवस्थापक छिन् । साउथ एसिया अन्तगर्त उनले भारत, बङलादेश, श्रीलङ्का, नेपाल, मालदिभ्स र भुटानको बजार हेर्छिन । वेनक्यू ग्रुप अन्तगर्त २० ओटाभन्दा धेरै कम्पनीहरु रहेका छन् । कम्पनीले कन्जुमर इलेक्ट्रोनिक्स, सोलार, हस्पिटल, मेडिकल इक्यूपमेण्टलगायतका धेरै क्षेत्रका प्रडक्टहरु उत्पादन गर्दै आइरहेको छ । क्यान इन्फोटेकमा कम्पनीले प्रोजेक्टर, मनिटर र स्मार्ट बोर्डको ब्राण्डिङलाई प्राथमिकतामा राखेको थियो । नेपालमा बढ्दै गइरहेको डिजिटलाइजेसनको बजार, भर्खरै सकिएको क्यान इन्फोटेकको अनुभव र ‘वेनक्यू’ ब्राण्डका प्रडक्टलगायतका विषयमा आर्थिक पाटीका लागि मदन लामिछानेले वेनक्यू साउथ एसियाकी वरिष्ट बजार ब्यवस्थापक अंकिता कर्वासँग गरेको कुराकानी׃
क्यान इन्फोटेक मेलामा सहभागि हुनुभयो, यस मेलामा सक्रिय सहभागिताले के के फाइदा हुन्छ ?
दोस्रो पटक क्यान इन्फोटेकमा सहभागि भयौ । क्यान इन्फोटेकमा जोडिनुको प्रमुख ३ वटा उदेश्यहरु छन् । पहिलो बीटूबी मिटिङहरु गर्नु थियो । हामीले थप डिष्ट्रिब्यूटर राखेर नेपालको कुना कुनामा सामान पुर्याउन खोजेका छौ । दोस्रो भनेको वेनक्यू ब्राण्डको ब्राण्डिङ गर्नु रहेको छ । अझै पनि धेरै मानिसहरुले वेनक्यू भनेको के हो ? भनेर सोधिरहेको पाइन्छ । यो यति ठुलो कम्पनी हो र यस ग्रुपको हामीहरु एउटा पार्ट हौ भनेर मानिसहरु लाई बुझाउन पनि हो । तेसो भनेको धेरै मानिसहरु लाई प्रडक्टको जानकारी पनि धेरै छैन । बिश्व बजारमा चलिरहेकका प्रडक्ट हामीले क्यानमा ल्याएका थियौंैं । मानिसहरुले त्यसलाई प्रत्यक्ष अवलोकन गरेर, चलाएर त्यसको अनुभव लिन पाउँछन् । अनलाइनमा हेरेर मात्र प्रडक्ट किन्न त्यती उपयूक्त हुदैन । यदि तपाईले प्रडक्ट छुने, हेर्ने गरेर अनुभव लिनु भएको छैन भने तपाइलाई राम्रो प्रडक्ट छान्न गार्हो पर्छ । अनलाइन राम्रो त हो तर तपाईले एकपटक प्रडक्टको लाइभ डेमो हेरेर अनलाइन्बाट किन्दा राम्रो हुन्छ ।
वेनक्यू कस्तो कम्पनी हो ? यसले कस्ता कस्ता प्रडक्टहरु उत्पादन तथा विक्री गर्दै आइरहेको छ ?
वेनक्यू ताइवानको कम्पनी हो । यो २५ वर्ष पुरानो कम्पनी हो । यसको वार्षिक कारोवार ३५ बिलियन डलर रहेको छ । वेनक्यू गु्रप अन्तगर्त २० ओटाभन्दा धेरै कम्पनीहरु रहेका छन् । विश्वभर फरक फरक क्षेत्रका कम्पनीहरु स्थापना भएका छन् । कम्पनीले सोलार, हस्पिटल, मेडिकल इक्यूपमेण्ट, सूचनाप्रविधि लगायतका धेरै क्षेत्रका प्रडक्टहरु उत्पादन गर्दै आइरहेको छ । हामी वेनक्यू गु्रप अन्तगर्तको वेनक्यू कर्पोरेसनबाट मेलामा सहभागि भएका हौं । जसले कन्जुमर इलेक्ट्रोनिक्स सामाग्रिहरु उत्पादन गर्छ । यस अन्तगर्तका ३ ओटा प्रडक्ट प्रोजेक्टर, मनिटर र स्मार्ट बोर्डको ब्राण्डिङ लाई प्राथमिकतामा राखेर मेलामा सहभागि भएका थियौं ।
तपाइहरुले कस्ता कस्ता प्रकारका प्रोजेक्टरहरु बजारमा ल्याउनु भएको छ ?
हामी सँग दुई थरी प्रोजेक्टरहरु छन् । एउटा पावरमा जोडेर चलाउने र अर्को ब्याट्री ब्याकअप भएको । ब्याट्री ब्याकअप भएको प्रोजेक्टर तपाइले चार्ज गरेर साढे २ घण्टा जुनसुकै ठाउँमा लगेर चलाउन सक्नुहुन्छ । हामीले बजारमा ल्याएको अल्ट्रा टच प्रोजेक्टरलाई टीभीको सट्टामा प्रयोग गर्न सकिन्छ । जसबाट १०० इन्चसम्मको स्क्रिनमा हेर्न सकिन्छ । त्यस्तै १२०, १५० इन्च वा त्यो भन्दा ठुलो स्क्रिनमा देखाउनु परेको छ भने त्यसको लागि लेजर प्रोजेक्टर उपयुक्त हुन्छ । आजकल पश्चिमी देशहरुमा कतिपय मानिसहरु घरमै गल्फ खेल्ने गरेको पाइन्छ । वेनक्यूले गल्फ मोडको प्रोजेक्टर पनि बनाएको छ । यसमा गल्फ मोड एक्टिभेट गरे पछि गल्फ कोर्डको जस्तै कलर आउँछ ।
प्रोजेक्टरको प्रयोग कस्तो कामको लागि उपयूक्त हुन्छ ? टीभीको सट्टामा प्रोजेक्टर चलाउँदा के के फाइदा हुन्छ ?
प्रोजेक्टरको प्रयोग व्यवसायिकरुमा स्कूल, कलेज, अफिसहरुमा धेरै हुन्छ । त्यस्तै आजकाल घरायसीरुपमा टीभी, यूटुब हेर्न पनि यसको प्रयोग बढिरहेको छ । आजकाल घरको लिभिङ रुममा ठुलो टीभी(६५⁄७० इन्च)को राखेर हेर्ने ट्रेण्ड चलेको छ । यति ठुलो टीभीको सबै सामानहरु मिलाएर राख्न एकदमै गाह्रो हुन्छ । साढे २ किलोको प्रोजेक्टरबाट १०० इन्चसम्मको स्क्रिनमा हेर्न सकिन्छ । मूल्यको हिसाव गर्दा टीभीभन्दा केहि सस्तो नै पर्छ । प्रोजेक्टरको बारेमा मानिसहरुमा केहि नकारात्मक धारणाहरु रहेको छ । जसलाई हटाउन हामीहरुले बिभिन्न माध्यमबाट जानकारी दिइरहेका छौ । पहिले पहिले मानिसहरुको यसको पिच्चर क्वालिटि राम्रो हुदैँन, आवाज राम्रो आउदैन, अध्यारोमा मात्र हेर्न मिल्छ भनेर बुझदथे । तर अहिले समय परिवर्तन सँगै यसको पिच्चर क्वालिटि, आवाज धरै राम्रो भइसकेको छ । पुराना प्रोजेक्टरमा यसको रिजुलेशन कम हुन्थ्यो, त्यो भएर केहि समस्या थियो ।
वेनक्यू ब्राण्डका प्रोजेक्टरको विशेषताका बारेमा बताई दिनुहोस् न ?
अहिले ल्याम्प प्रोजेक्टरका साथै एलईडी प्रोजेक्टर पनि बजारमा आइसकेको छ । हाम्रो घरमा पनि ट्यूव लाइट, बल्बहरु चेन्ज भएर एलईडी लाइट जडान भइसकेको छ । त्यस्तै प्रोजेक्टर पनि एलईडी लाइटमा सिफ्ट भएको छ । यसको ल्याम्प पावर ३० हजार घण्टा हुन्छ । तपाईले दिनमा २⁄३ घण्टा चलाउनु भयो भने यो धेरै वर्ष चल्छ । अहिले फोरके रेजुलेसन भएको प्रोजेक्टरहरु छन् । यसबाट एकदमै राम्रो पिच्चर क्वालिटी, क्लिारिटी आउँछ । कलरहरु पनि डीसीआईपीपी क्वालिटीमा हुन्छ, जसबाट कुनै पनि कलरमा काम आउँदैन । विश्वमै हामी डीएफपी फोर के प्रोजेक्टरमा नम्बर वान छौ । वेनक्यूले अध्ययन अनुसन्धानमा धेरै रकम खर्च गर्ने भएकाले यसका उत्पादनहरु पनि गुणस्तरिय र नयाँ नयाँ टेक्नोलोजि भएको हुन्छ ।
त्यस्तै हामी विश्वकै तेस्रो ठुलो डिस्प्ले मेनुफेक्चरिङ कम्पनी हौ । आजकल मोबाइल फोन, घडि, मनिटर टीभीलगायत धेरै बस्तुहरुमा डिस्प्लेको प्रयोग गरिन्छ । विश्व बजारको डिस्प्ले मेनुफेक्चरिङमा वेनक्यूको १८ प्रतिशत बजारहिस्सा छ । बिश्वका ठुला कम्पनीहरु एलजी, सामसुङलगायत लाई पनि हामीले प्यानल दिन्छौ ।
वेनक्यूका मनिटरको विशेषता के के छन् ? के के प्रयोजनका लागि चलाउन सकिने मनिटरहरु बजारमा ल्याउनु भएको छ ?
वेनक्यूले पाँच प्रकारका इण्टरटेनमेण्ट, गेमिङ, ई–स्पोर्टस, डिजाइनिङ र फोटोग्राफीलाई लक्षित गरी मनिटरहरु बजारमा ल्याएको छ । पहिलो इन्ट्रि लेवलको घर तथा अफिस प्रयोजनको मनिटर छ । यसमा आईटी क्षेत्रमा काम गर्नेका लागि भनेर प्रोगामर मनिटर बजारमा ल्याएका छौ । यसमा ठुलो ठुलो मोडहरु राखिएको छ । यसबाट कोडिङ गर्न एकदमै सजिलो हुन्छ । त्यस्तै मनोरन्जनका लागि भनेर ३० देखि ४० इन्चको मनिटर छ । यसमा फोरके रेजुलेशन र गुणस्तरिय आवाजकासाथ अफिसमा पनि फिल्म तथा भिडियो हेर्न सकिन्छ । धेरै यूटुबर, कन्टेन्ट क्रेटरहरुसँग ठुलो स्टुडियो हुदैन । उनीहरुले आफै भिडियो खिच्ने, एडिट गर्ने तथा पोष्ट गर्छन । उनीहरुका लागि भर्टिकल सिरिजमा मनिटरहरु ल्याएका छौ । एडिटिङमा कलर एकदमै महत्वपुर्ण हुन्छ । त्यसका लागि यसमा डीसीआईपी थ्री कभरेजका साथै फोरके रेजुलेशन छ । यसमा टाइप सी चार्जर पनि छ । तपाइले मोबाइल, ल्यापटपहरु पनि यसबाट चार्ज गर्न सक्नुहुन्छ । फोटोग्राफरहरुका लागि फोटोग्राफर मनिटर पनि बजारमा ल्याएका छौ । हामीसँग अफिस, गेमिङ, बच्चा, कन्टेण्ट क्रेयटर, यूटुबर, फोटोग्राफर सबैका लागि चाहिने मनिटरहरु उपलब्ध छन् ।
वेनक्यूले कस्ता कस्ता गेमिङ मनिटर तथा एशेसरिजहरु बजारमा ल्याएको छ ?
गेमिङका लागि मोबिज ब्राण्डका मनिटर बजारमा ल्याएका छौ । यसको कलर र रिफ्रेस रेट धेरै राम्रो छ । कति छिटो रिफ्रेस सेट हुन्छ, त्यसमा गेम निर्भर हुने भएकाले बिभिन्न रिफ्रेस रेटका मनिटरहरु छन् । गेमिङ मनिटरमा डार्क कलरहरु पनि एकदमै प्रष्ट हुनु पर्छ र कलरको हाइजेन्सी एकदमै राम्रो हुनु पर्छ । आजकाल प्रोफेसनल गेमिङको क्षेत्र पनि बढदै गइरहेको छ । यसका लागि जाभी भन्ने मनिटर छ । त्यस्तै गेमिङका लागि चाहिने किबोर्ड तथा अन्य सबै एसेसरिजहरु हामीसँग उपलब्ध छ ।
स्मार्ट बोर्डका बारेमा मानिसहरुमा कत्तिको जानकारी रहेको पाउनु भयो ? यसबाट के के गर्न सकिन्छ ?
एउटा ट्यावलेटमा जे जे गर्न सकिन्छ, त्यो सबै फिचरहरु वेनक्यू ब्राण्डको स्मार्ट बोर्डमा छ । कोभिड अगाडि यो प्रडक्ट धेरै महङ्गो भयो, यो किन चाहियो भन्ने धेरै मानिसहरु लाई लागेको थियो । कोभिडका बेला पनि स्कुल, कलेजमा अनलाइनबाट पठनपाठन भयो । त्यसपछि धेरै मानिसलाई यसको आवस्यकता महशुस भयो । आजकाल यसको चलन एकदमै चलेको छ । गतवर्ष भन्दा यो वर्ष नेपालमा स्मार्ट बोर्डको जानकारी धेरै नै बढेको छ ।
ग्राहकले वेनक्यू ब्राण्डकै स्मार्ट बोर्ड किन रोज्ने ? अन्य ब्राण्डका बोर्डभन्दा यो किन धेरै प्रभावकारी छ ?
वेनक्यू ब्राण्डका ६० देखि ९८ इन्चसम्मका स्मार्ट बोर्डहरु छन् । यो ब्राण्ड गुगुलबाट सस्क्राइव छ । गुगलका सबै एपहरु गुगल म्याप, गुगल सर्च, यूटुव, जिमेल सिधै प्यानलबाटै खोल्न सकिन्छ । आजकाल बजारमा सस्तो खालको चाइनिज ब्राण्डका स्मार्ट बोर्डहरु पनि धेरै आएको छ । तीनीहरुमा यी धेरै फिचरहरु हुदैन । यदि भयो भने पनि अफिसियल भर्जन हुदैन । यसमा एन्ड्रोइड १३ भर्जन छ । यसमा आईसेभ फिचर छ । त्यसलाई अन गरेर ब्लु लाइट भर्जनबाट चलायो भने आँखा लाई अषर गर्दैन । यसमा भएको अर्को फिचर भनेको जमेजेस्टिन फिल हो । स्कुल, कलेजमा त धेरै बच्चाहरु हुन्छन् र धेरैले स्मार्ट बोर्ड लाई छोएका हुन्छन् । ज्वोरो, खोकी वा कोभिड भएको मानिसले छोए पनि यसबाट रोग सर्दैन । यदि कसैले लेखेर राखेको कुरा सेभ गर्न बिर्सियो र त्यो डिलेट भयो भने यसमा भएको एकाउन्ट म्यानेजमेण्ट सिस्टमले गर्दा सबै सेभ हुन्छ । यदि तपाई टिचर हो । तपाईले आफ्नो एकाउन्टबाट लगइन गर्ने बित्तिकै त्यो प्यानल तपाईको पर्सनलाइज भइहाल्छ । तपाइले पढाउनका लागि राखेको डकुमेण्ट, पढाएका डकुमेण्टहरु तपाईको प्यानलमा बसेको हुन्छ । तपाईले लगआउट गरेर गए पछि त्यो सुरक्षित हुन्छ । यसको मूल्य २ लाख रुपैयाँदेखि शूरु छ ।
वेनक्यूको स्मार्ट बोर्ड मोटो र बलियो छ, यसको ग्लास एकदमै बलियो हुन्छ । यसमा प्रदुषण धेरै भयो, बिदाको दिनमा सानो कोठामा धेरै जनाले लामो समय हेर्दा असजिलो हुन्छ । यसमा भएको सेन्सरले ओपन द विन्डोजलगायतका नोटिफिकेशन दिनुका साथै केहि समयका लागि आफै बन्द पनि हुन्छ । त्यस्तै यताबाट लगइन गर्ने अनी विश्वको जुनसुकै ठाँउमा भएको अर्को व्यक्तीले लगइन गरेर एउटै बोर्डमा मिलेर संयुक्तरुपमा काम गर्न सकिन्छ । कुनै बच्चा बिदामा छ भने त्यसलाई पढाएको कुरा स्क्रिन रेकर्ड गरेर पठाउन सकिन्छ । स्क्रिन रेकर्डमा आवाजसहित ह्वाइट बोर्डमा लेखेको सबै कुरा पठाउन सकिन्छ । तपाईले ह्वाइट वोर्ड किन्दा अन्य एसेसरिज क्यामरा, रिमोट, जमेजेष्टिक पेन, एनएससी कार्ड पनि पाउनु हुन्छ ।
यसमा भएको डिभाइस म्यानेजमेण्ट सिस्टमले कसरी काम गर्छ ?
एउटा ठुलो कलेज छ, त्यहाँ धेरै ओटा स्मार्ट बोर्डहरु छन् । कलेजको आईटी अफिसमा बसेर सबैलाई कन्ट्रोल गर्न सकिन्छ । सबैलाई एकै पटक खोल्न तथा बन्द गर्न सकिन्छ । साथै टिचरले कुन कुन टुल प्रयोग गरेर पढाइ रहेको छ भनेर कन्ट्रोल अफिसबाट हेर्न सकिन्छ । सार्वजनिक बिदा वा कुनै सुचना दिनका लागि यसमा भएको एक्साइन ब्रोर्डकाष्ट फिचर मात्र दिन सकिन्छ । यो फिचर मार्फत सूचना राखे पछि सबै प्यानलमा सूचना डिस्प्ले हुन्छ । यो सबै फिचरहरु बजारमा आएका अन्य ब्राण्डहरु सँग छैन । वेनक्यूको यो प्रिमियम प्रडक्ट हो, त्यसैले अन्य प्रडक्टहरु भन्दा केहि मह¨ो छ ।
एनएससी कार्डले के काम गर्छ ?
एनएससी कार्ड भनेको आईडी कार्ड जस्तै हो । जस्तै स्कुलका टिचर सबैको आईडी कार्ड हुन्छ, त्यसमा एनएससी लगाई दिने हो भने टिचर कक्षा कोठामा गएर स्मार्ट बोर्डमा त्यो कार्ड रिड गराए पछि आफै खुल्छ । लगइन गरी राख्नु पर्दैन ।
विक्री पछिको सेवाका बारेमा बताई दिनुहोस न ?
हाम्रो सबै प्रडक्टमा २ वर्षको क्यारिङ वारेण्टी छ । २ वर्ष भित्रमा तपाइले किनेको प्रडक्टमा केहि समस्या आयो भने हाम्रा विक्री केन्द्रसम्म ल्याउनु भयो भने त्यसको सट्टा नया“ रिप्लेस गर्छौ । वेनक्यूको नेपालको लागि आधिकारिक वितरक ओसियन कम्प्यूटर प्रालि हो । नेपालका मुख्य सहरहरुमा हाम्रा विक्री केन्द्र छन् । त्यहाँबाट हामीहरुले सेल्स तथा सर्भिस दिइरहेका छौ ।