प्रधानमन्त्री ओली अस्पतालमा भर्ना |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । मुटुको परीक्षणका लागि बुधबार विहान १० बजे महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका प्रधानमन्त्री ओली भर्ना भएका उनको सचिवालयले जानकारी दिएको छ ।
सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई अब्जरभेसनमा राखिएको जानकारी दिए । प्रधानमन्त्रीको केही थप परीक्षण गर्नु उपयुक्त देखिएकाले अब्जरभेसनमा राखिएको उनले बुधबार दिउँसो १ː१५ बजे विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण प्राडा अरुण सायमी संयोजकत्वमा भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।