चौधरीको सम्पत्ति २२ अर्बले बढ्यो, २१२ स्थान माथि उक्लिए |
काठमाडौं । उद्योगपति विनोद चौधरीको सम्पत्ति गत वर्षको भन्दा २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थप कमाएका छन् । बुधबारको विनिमय दर अनुसार २२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ हुन्छ ।
अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको अर्बपतिहरुको सूचीमा चौधरीको सम्पत्ति २० करोडले बढेको उल्लेख गरेको छ । सम्पत्ति वृद्धिसँगै चौधरी विश्वका अर्बपतिहरुको सूचीमा २१२ स्थान माथि उक्लिँदै यस वर्ष १३ सय ४९औं स्थानमा रहेका छन् । फोब्र्सको सूचीमा उनी गत वर्ष १५ सय ६३औं थिए ।
चौधरीसँग हाल १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति रहेको फोब्र्सले जनाएको छ । गत वषै उनको सम्पत्ति १ खर्ब ७० अर्ब बराबरको थियो ।
चैधरी चौधरी ग्रुप (सीजी) को प्रमुख हुन् । यो समूहले नेपालमा नबिल बैंक चलाउँछ । यसैमार्फत समेत खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालनमा छ भने विद्युत, व्यापार र होटल क्षेत्रमा समेत चौधरीको लगानी छ ।
चौधरीको सीजी फुडले उत्पादन गर्ने वाइवाइ चाउचाउ क्षेत्रीय बजारमा समेत चर्चित छ । भारत, सर्विया, बंगलादेश र साउदी अरेबियामा समेत यो चाउचाउको उत्पादन प्लान्ट छ । चौधरी समूहसँग २९ वटा होटल छन् ।