लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अंजु कुमारी गुप्ता नियुक्त |
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम अंजु कुमारी गुप्तालाई स्वतन्त्र सञ्चालकमा नियुक्ती गरेको छ ।
नवनियुक्त सञ्चालक अंजु कुमारी गुप्ताले बैंकका सञ्चालक समितिका अध्यक्ष शुशिलराज पराजुलीवाट सोमबार पद तथा गोपनियताको सपथ ग्रहण लिएकीे हुन् ।
उक्त अवसरमा लुम्बिनी विकास बैंकका सञ्चालकहरु डा. रुप ज्योति, प्रविण कृष्ण श्रेष्ठ, प्रताप कुमार आचार्य, रामचन्द्र सिग्देलको उपस्थिति रहेको थियो ।