एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते बुधबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले माघ २५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।
एनएलजीले गत आर्थिक वर्षको नाफबाट ५.५०% बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२८% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन ३ गते बस्दैछ । सभा, आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।