क्यान इन्फोटेकमा पहिलो पटक दावा ब्राण्डका ५ वटा वायरलेस सिरिज पदर्शनीमा राख्दैछौ
सोनी श्रेष्ठ
प्रवन्धक
एचएमसी नेपाल
सन् २०१८ देखि सुचना प्रविध सेवामा नेपालका प्रतिष्ठित कम्पनीमा काम गर्दै आइरहेकी सोनी श्रेष्ठ अहिले एचएमसी नेपालको प्रवन्धक रहेकी छन् । एचएमसी नेपालले दावा टेक्नोलोजीको सर्भिलियन्स सेक्टरको आईटी प्रडक्टहरु विक्री गर्दै आइरहेको छ । एचएमसी नेपाल ग्लोबल लिडिङ सर्भिलियन्स ब्राण्ड दावा टेक्नोलोजीको नेपालका लागि आधिकारिक विक्रेता हो । त्यस्तै एचएमसी नेपालको सिस्टर कम्पनी हिमकम इण्टरनेशनलले अमेरिकी ब्राण्ड एनटेकका गेमिङ उपकरणहरु बजारमा ल्याएको छ । नेपालमा बढ्दै गइरहेको डिजिटलाइजेसनको बजार, नजिकिँदै गरेको क्यान इन्फोटेक, ‘दावा’ र ‘एनटेक’ ब्राण्डका प्रडक्टलगायतका विषयमा आर्थिक पाटीका लागि मदन लामिछानेले एचएमसी नेपालका प्रवन्धक सोनी श्रेष्ठसँग गरेको कुराकानी׃
क्यान इन्फोटकमा ‘सह–प्रायोजक’ हुनुहुन्छ, त्यसबाट के अपेक्षा राख्नु भएको छ ?नेपालमा सुचनाप्रविधिको क्षेत्रमा क्यानले धेरै ठुलो भुमिका खेल्छ । धेरै पहिलादेखि मानिसहरुले क्यानमार्फत नयाँ नयाँ प्रविधिको जानकारी लिदैं आएको पाइन्छ । क्यान इन्फोटेकमा सानादेखि ठुला ठुला प्रडक्ट तथा प्रविधि क्षेत्रमा भएका नयाँ नयाँ इनोभेसनहरुले आफ्नो ब्राण्डिङ गर्दै आइरहेका छन् । कोभिड पछि मानिसहरु सूचनाप्रविधिको क्षेत्रमा कम जानकारी लिएको देखिएको छ । बजारमा धेरै नयाँ नयाँ र गुणस्तिरिय प्रडक्टहरु आइसकेको छ । त्यस बारेमा धेरै मानिसहरु लाई थाहा नै छैन । क्यान इन्फोटेकमा एचएमसी नेपाल छिर्नु भनेको सामान बेच्ने उदेश्यले मात्र होइन । हामीले दावा तथा एनटेक ब्राण्डका प्रडक्ट रेन्ज र यसका विशेषताहरुका बारेमा आम उपभोक्ता लाई जानकारी दिनु हो । दावाका वायरलेस प्रडक्ट, यूपीएसका बारेमा धेरै लाई जानकारी दिन पनि हो । साथै प्रविधिका हिसावले क्यानको प्रभावकारिता बढाउन पनि यो सहकार्य भएको हो ।
क्यान भनेको सबै प्रविधिलाई एक ठाँउमा ल्याएर पदर्शनी मार्फत जनताको माझ पुर्याउने सूचनासंचार पनि हो । त्यहि क्यान मार्फत एनटेक लाई नेपालमा यस्तो प्रविधि पनि छ है, यस्तो यस्तो पनि हुन्छ भनेर क्यानमार्फत धेरैभन्दा धेरै जानकारी दिन गइरहेका छौ । क्यान भनेको नयाँ नयाँ प्रविधि लाइभ हेर्न, चलाउन पाइने मौका पनि हो । युटुबमा हेरेको र हातले छोएर, चलाएर हेरेको त फरक पर्छ नी । क्यानले यो मौका दिइरहेको छ ।
मेलामा कस्ता कस्ता प्रडक्टहरु पदर्शनीमा राख्नु हुन्छ ? त्यहाँ आउने आम उपभोक्ताहरु लाई के भन्न चाहनु हुन्छ ?
इन्फोटेकमा एचएमसी नेपालसँगै हाम्रो सिस्टर कम्पनी हिमकम इण्टरनेसनल पनि जोडिदै छ । हिमकमबाट इनटेक ब्राण्डका गेमिङ सेरिजका साथै हाइइन ब्राण्डका ल्यापटप पनि मेलामा प्रर्दशनीका लागि राख्दैछौ । कतिपय प्रडक्टहरु अझै वेवसाइटमा लन्च हुन वाँकी छ र बजारमा सजिलै पाउन सकिदैन । त्यस्ता प्रडक्टहरु मेलामा देख्न र जानकारी लिन सक्नु हुनेछ । हामीले रोड क्यामराहरु (पीटीजेड) तथा एनपीआर क्यामराका बारेमा जानकारी दिनेछौ । एनपीआर क्यामरा किन यति धेरै महत्वपुर्ण छ ? किन सरकारले यति धेरै माग गरिरहेको छ र यसले बास्तविकरुपमा कसरी काम गर्छ भन्ने जानकारी दिनेछौ । यसले कसरी नम्बर प्लेट रिड गर्छ, ह्युमन डिडेक्शन कसरी गर्छ भन्ने लाइभ पर्फरमेन्स पनि मेलामा देखाउँदैछौ ।
हामीले मेलामा शिक्षण तथा मिटिङ हलका लागि आवस्यक पर्ने दावा ब्राण्डको स्मार्ट बोर्डको लाइभ जानकारी पनि दिनेछौ । दावाको ६५ इन्चको स्मार्ट बोर्ड मेलामा पर्दशनीमा राख्छौ । स्कुल, कलेज, कन्फ्रेन्स हलका लागि आवस्यक पर्ने यो डिजिटल माध्यमका बारेमा पनि तपाइहरुले मेलामा जानकारी पाउन सक्नु हुनेछ । पहिले जस्तो चक, डस्टरले पढाउने जमाना त गयो नी । स्मार्ट बोर्डमा तपाइले वाइफाइ कनेक्ट गर्नु भयो भने एउटा कम्प्यूटरमा हुने काम गुगल सर्च, भिडियो देखाएर बच्चाहरु लाई पढाउन सकिन्छ । बच्चाहरु लाई सामान्यरुपमा पढायो भने उनीहरु पढाई प्रति आर्कषित नै हुदैनन् । यसको ह्वाइट बोर्डमा लेखेर तथा भिडियोहरु देखाएर पढाउन सकिन्छ । यो सरकारी, प्राइभेट अफिसहरुमा पनि अत्यावस्यक छ ।
कम्पनीले हाल कस्ता कस्ता प्रडक्टहरु विक्री गर्दै आइरहेको छ ?
कम्पनीले सीसीटीभी क्यामरा (एएनपीआर देखि सामान्य क्यामरासम्म) को विक्री गर्दै आइरहेको छ । त्यस्तै कम्पनीले तार रहित (वायरलेस) सिरिजलाई प्रमुखरुपमा विक्री गर्दै आइरहेको छ । यसलाई ‘हिरो सिरिज’का नामले कम्पनीले बजारमा ल्याएको छ । हामीले क्यान इन्फोटेकमा लन्च गर्न लागेको पनि हिरो सिरिज अन्तर्गतका प्रडक्टहरु हुन । त्यस्तै आईटी प्रडक्टहरु सर्भर, हार्ड ड्राइभ, मनिटर, केभिन मनिटरलगायतका प्रडक्टहरु विक्री गर्दै आइरहेका छौ । दावाको डीएमएसएस क्लाउड सफ्टवेयर छ, त्यसलाई पनि हामीले प्रमोट गरिरहेका छौ । गेमिङदेखि कन्जुमर सिरिजसम्मका आईटी प्रडक्टहरु हामीले बजारमा लिएर आएका छौ ।
तपाइहरुले हिरो सिरिज अन्तगर्त के के सामाग्रीहरु बजारमा ल्याउनु भएको छ ?
वायरलेस सिरिज अन्तर्गत हिरो सिरिजमा आउटडोर र इनडोर क्यामरा भएको सीसीटीभी क्यामरा छ । साथै छिट्टै नै हामीले दावा टेक्नोलोजी र एचएमसी नेपालको सहकार्यमा वायरलेस होम अप्लायन्सका प्रडकटहरु भित्राउदै छौ ।
वायरलेस (हिरो सेरिज) को आवस्यकता किन पर्यो ? यसका फाइदाहरु के के छन् ?
सानो पसल छ, पसलमा सीसीटीभी क्यामरा राख्नु पर्यो भने एउटा क्यामरा राख्नका लागि तार जोड्नु पर्यो । एचभीआर राख्नु पर्यो । यसले गर्दा सानो ठाँउको लागि एउटा मात्र क्यामरा राख्दा पनि धेरै लागत लाग्ने भयो । हिरो सिरिजमा एउटै क्यामरा हुन्छ । यसले पुरै ३६० डिग्रि पुरै एरिया पनि कभर गर्छ । त्यसमा तपाइले मेमोरी लगाउनु भयो भने त्यसको सबै रर्कडहरु त्यसमा गएर बस्छ । यो क्यामराका लागि मनिटर नभए पनि हुन्छ । यसको एप्स डाउनलोड गरेर क्यामराको क्यूआर स्कान गरेर क्यामराले देखाएको सबै कुरा हेर्न सकिन्छ । तपाई जहाँ गए पनि त्यहिबाट घरमा बच्चा, जनावरहरु के गरिरहेका छन् भनेर हेर्न सक्नु हुन्छ । सीसीटीभी क्यामरा महङ्गो पर्छ भन्नेहरु लाई दावाका क्यामराले धेरै नै सहज बनाएको छ ।
तपाइहरुले विक्री गर्दै आउनु भएको दावा ब्राण्डका बारेमा बताई दिनुहोस् न ?
दावा विश्वकै दोस्रो ठुलो सर्भियन्स ब्राण्ड हो । यसको उत्पादन चिनमा हुन्छ । यसले अरु धेरै ठुला ब्राण्डहरुसँग पनि सहकार्य गरेको छ । दावाको राम्रो पक्ष भनेको यसको मूल्य र गुणस्तर नै हो । मान्छेहरुले सोचिरहेका हुन्छन्, सीसीटीभी भन्ने विक्तिकै अलि धेरै पैसा पर्छ भनेर । तर दावाले सामान्य ग्राहकले पनि किन्न सक्ने गरी प्रडक्टहरु बनाएको छ । दावाको पिच्चर रेजुलेशनदेखि पार्टसहरुको गुणस्तर पनि एकदमै राम्रो छ । दावाले रिसर्च एण्ड इनोभेसनमा पनि ठुलो लगानी गरेको छ ।
सन् २०१८सम्म दावाले वायर सिरिजलाई फोकस गरेर उत्पादन गरिरहेको थियो । २०१८ पछि दावाले रिसर्च गरेर वाईफाई सिरिजहरु बनाउन शुरु गरेको हो । अहिले वाईफाई सिरिजलाई केन्द्रित गरेर सामानहरु बजारमा ल्याइरहेको छ ।
दावा ब्राण्डको विक्री पछिको सेवा कसरी दिदैं आउनु भएको छ ?
हाम्रो नेपालभर करीव ६० ओटा आधिकारिक डिलरहरु छन् । तिनीहरु मर्फत कम्पनीले ग्राहकहरु लाई विक्री पछिको सेवा दिइरहेको छ । हाम्रा प्रडक्टमा केहि गुनासो आए तत्काल समाधान गर्छौ । त्यस्तै हामीहरु सँग जोडिएर काम गरिरहेका २ सय ओटा रिटेलरहरु छन् । हाम्रा प्रत्यक सामानहरुमा एक वर्षको वारेण्टी दिइएको छ ।
हिमकमले कस्ता कस्ता गेमिङ उपकरणहरु बजारमा ल्याएको छ ?
हामीले अमेरिकी ब्राण्ड एनटेकका गेमिङ उपकरणहरु बजारमा ल्याएका छौ । यसको ताइवानमा पनि उत्पादन हुन्छ । नेपालमा अहिले चल्दै आएको एमएसआई, थर्मल डेगहरु भनेको ग्राहकहरुको लागि महङ्गो ब्राण्डहरु हुन । एनटेक ब्राण्ड गुणस्तर र मूल्यका हिसावले बिश्वकै टप ब्राण्डमा आउँछ । हिमकम एनटेक ब्राण्डको नेपालका लागि आधिकारिक बितरक हो । मानिसहरुले अझै पनि अनलाइन गेम खेलेर के हुन्छ ? भन्ने गरेको पाइन्छ । अहिले पब्जी, फ्रिफाएर जस्ता गेमिङ्ग आम्दानीको स्रोत पनि भइरहेको छ । कतिले रोजकारी पनि पाइरहेका छन् । अहिले बढ्दै गएको प्रविधि लाई एउटा उचाँइमा पुर्याउनका लागि गेमिङ्गको एकदमै ठुलो भुमिका छ । मूल्यका हिसावले नेपालीले धेरै महङ्गो गेमिङ्गका सामानहरु खरीद गर्न सकदैनन् । गेमिङ्गका लागि गेमिङ्ग केस एसेम्बल गर्न त्यसमा चाहिने केसिङ्ग, पावर सप्लाइ, कुलिङ प्यानलगायतका सामानहरु पीसी कम्पोनेन्ट भित्र पर्छ । यी सामानहरु नेपालभर करीव ५ सय रिटेलरहरुले विक्री गरि रहनु भएको छ । हामी नेपालका प्रत्यक गाँउपालिकासम्म गेमिङ्ग उपकरण पुर्याउने योजनाका साथ अगाडि बढिरहेका छौ ।
आगामि योजनाहरु के के छन् ?
हामीले दावाको यूपीएस नेपाल भित्राउने तयारी गरिरहेका छौ । यसको लन्च डेट हामीले क्यान इन्फोटेकमा सार्वजनिक गछौं । मार्च महिनाबाट यो नेपाल आउन शुरु भइसक्छ । दावाको अहिलेसम्म एउटा मात्रै वायरलेस सिरिज बजारमा आएको छ । यसका ५ वटा सिरिजहरु हामीले पहिलो पटक मेलामा पर्दशनीमा राख्छौ । यो स्कुल⁄कलेज बढिरहेका विधार्थीहरुको पढाइका लागि पनि एकदमै जानकारीमूलक हुन्छ ।