सुन र चाँदी दुबैको भाउ घट्यो
![Gold Gold](https://www.arthikpati.com/wp-content/uploads/2024/02/Gold-1-1024x585.jpg)
काठमाडौं । आइतबार सुन र चाँदी दुबैको भाउ घटेको छ। सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।