कालंगा हाईड्रो लिमिटेडले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल
काठमाडौं । कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको (प्राथमिक सेयर आइपीओ) लाई ज्याति क्यापिटलले प्रत्याभूत गर्ने भएको छ ।
कम्पनीको कुल ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयरमध्ये ३४ लाख ९० हजार कित्ता सेयरमा ज्योति क्यापिटलले प्रत्याभूत गर्ने भएको हो ।
यसको लागि क्यापिटल र हाईड्रो कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कालंगा हाईड्रोको रजिष्टर्ड कार्यालयमा एक कार्यक्रमकाबीच क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र हाईड्रोका तर्फबाट सञ्चालक तिर्थराज चटौतले सेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।