प्राइम कमर्शियल बैंकको दोलखामा वित्तीय साक्षरता कार्यक्रम |
काठमाडौं । प्राइम कमर्शियल बैंकले दोलखामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले दोलखाको जिरी नगरपालिका र जिरी उद्योग वाणिज्य संघको सहकार्यमा नगरपालिका कर्मचारी र उद्योग वाणिज्य संघका सदस्यहरूलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।
कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ र कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले वित्तीय साक्षरतासम्बन्धी प्रस्तुति दिएका थिए । डेपुटी गभर्नर श्रेष्ठले समसामयिक बैंकिङ अवस्था, चुनौती, समाधानका उपाय एवम् अवसरका बारेमा स्पष्ट पारेका थिए भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले बैंकिङ साक्षरता कार्यक्रमअन्तर्गत बैंक तथा वित्तसम्बन्धी ज्ञानवद्र्धक प्रस्तुति दिए ।
कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिरी उद्योग वाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पालगायत समाजका अन्य ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।