पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचनको केही दिन अगाडि १० वर्षको जेल सजाय सुनाइएको छ ।
फोर्ब्सका अनुसार एक अदालतले राज्यको गोप्य कुरा चुहावट गरेकोमा दोषी ठहर गरेपछि १० वर्षको जेल सजाय सुनाइएको हो । पाकिस्तानमा आम चुनाव हुनु भन्दा एक हप्ता अघि फैसला आएको छ । खानलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको छ ।