गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी
काठमाडौं । गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन् । यस फाइनान्सको माघ १५ गते बसेको नव नियुक्त सञ्चालक समिति बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
सोमबार सम्पन्न साधारणसभाले १ जना महिला सहित संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समिति प्रतिनिधि गर्ने सञ्चालक पदमा २ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गरेको थियो ।