रंगुन खोला हाइड्रोपावरले आइपीओ जारी गर्ने प्रस्तावसहित बोलायो एजीएम
काठमाडौ । रंगुन खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन ९ गते वार्षिक साधारण सभा बोलाएको छ । यस कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । यस्तै, सञ्चालक समितिको निर्वाचन प्रस्ताव हुनेछ ।