सुनचाँदिको मूल्यमा वृद्धि, कति रुपैयाँले बढ्यो?
काठमाडौं । लगातार स्थिर अवस्थामा रहेको सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । माघ १५ गते, सोमबार सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदिको मूल्य ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छाफावाला सुन प्रतितोला एक लाख १८ हजार ३ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँ कायम भएको छ ।
आइतबार सुन छापावाला सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ४०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँ तोकिएको थियो ।