शिवम सिमेन्टको आईपीओ बुधबार बाँडफाँड हुदै |
काठमाडौं । शिवम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपिओ आगामी बुधवार बाँडफाँड हुने भएको छ । विक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार शेयर बाँडफाँड हुने जानकारी दिएको हो ।
कम्पनीले फागुन ६ गतेदेखि स्थानीय र सर्बसाधारणलाई आईपीओ निष्काशन विक्रि खुला गरेको थियो । जस अनुसार सर्वसाधारणलाई ४४ लाख कित्ता आईपीओ निष्काशन गरिएको थियो । कुल ४४ लाख कित्ता मध्ये कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई समान २ लाख २० हजार कित्ता छुट्याएको थियो । बाँकि रहेको ४१ लाख २० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।
आईपीओमा ५१ हजार ८ सय ८२ आवेदकबाट ५१ लाख ८९ हजार हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको छ । त्यस्तै स्थानीयको लागि छुट्याइएको शेयर मध्ये ९४ हजार ६ सय ९५ कित्ताको लागि आवेदन नपरेको क्यापिटलले जनाएको छ । स्थानीयले खरिद नगरेको शेयर पनि सर्वसाधारणलाई विक्रि हुने छ ।
आईपिओमा सर्वसाधारणले न्यूनतंम ५० कित्ताको लागि आवेदन दिनु पर्ने ब्यबस्था थियो । जस अनुसार ५० कित्ताको लागि आवेदन दिने सबैले ५० कित्ता नै शेयर पाउने छन् । सो भन्दा बढी कित्ताको लागि आवेदक दिएका मध्ये अधिकांश आवेदकले माग बमोजिम कै शेयर पाउने छन् । केहि आवेदकले मात्र माग भन्दा कम शेयर पाउने छन् ।
कम्पनीले स्थानीयहरुलाई यस अघि पनि प्रति कित्ता ३०० सयमा शेयर निष्काशन गरी बाँडफांड समेत गरिसकेको छ । यस अघि शेयर भरेका स्थानीयलाई निːशुल्क थप शेयर उपलब्ध गराईने कम्पनीले जनाएको छ । स्थानीयलाई ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएकोमा २ लाख २ सय ४० कित्ताको लागि मात्र आवेदन परेको थियो । यस अघि शेयर खरिद गरेका स्थानीयलाई कुल १ लाख १ सय २० कित्ता थप शेयर निːशुल्क उपलब्ध गराईने कम्पनीले जनाएको छ ।