बीमा एजेन्टको परीक्षा तालिका सार्वजनिक
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (एजेन्ट)को परीक्षाको तालिका सार्वजनिक गरेको छ । बीमा ऐन, २०७९ अनुसार मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र ईजाजतपत्र दिने व्यवस्था बमोजिम प्राधिकरणले परीक्षा तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार आगामि आइतबार देखि शुक्रबारसम्म ६ दिन परीक्षा संचालन हुनेछ । हरेक दिन साँझ ४ बजेदेखि परीक्षा सुरु हुनेछ । डेढ घण्टाको यो परीक्षा अनलाइबाट हुने प्राधिकराणले जनाएको ।
अभिकर्ताको परीक्षा ढिलाई हुँदा त्यसको असर व्यपारमा परेको जीवन बीमा कम्पनीका अधिकारीहरुले गुनासो गदै आएका छन् ।
हेर्नुस् तालिका :