सपोर्ट लघुवित्तको मुनाफामा आकर्षक बढोत्तरी
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा २४६।९३ प्रतिशतले बढेर ८६ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २४ लाख ९१ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा सञ्चालन मुनाफा बढेको र खराब कर्जा घट्न जाँदा यसले खुद नाफा बढाउन सकेको हो ।
सञ्चालन नाफा ११३.८३ प्रतिशतले बढेर ७२ लाख ०४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३३ लाख ६९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । खराब कर्जा १.९९ प्रतिशतले घटेर १.५४ प्रतिशतमा आएको छ । यता, खुद ब्याज आम्दानी भने ५.३९ प्रतिशतले घटेर २ करोड ९३ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७९ पैसा छ ।