एनएलजी इन्सुरेन्सले बोनस प्रस्ताव पारित गर्न बोलायो एजीएम
काठमाडौं । एनएलजी इन्सुरेन्सले फागुन ३ गते १८ औं वार्षिक साधारण सभा डाकेको छ । सभा आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५०% बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै, आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसर्थ माघ २४ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।