आइसीएफसी फाइनान्सले बढायो मुनाफा
काठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३५.८९ प्रतिशत धेरै हो । गत वर्षको यसै अवधिमा यस फाइनान्सले ३ करोड ९१ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो । यसको खुद ब्याज आम्दानी १६.३९ प्रतिशतले घट्दा सञ्चालन नाफा भने ३२.६८ प्रतिशतले बढेको छ । कम्पनीको सञ्चालन नाफा बढ्दा खुद मुनाफा बढ्न पुगेको हो ।
हाल यस फाइनान्सको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ६६ करोड ९८ लाख जम्मा छ । यस फाइनान्सको कस्ट अफ फन्ड ९.९९ प्रतिशत, एनपीएल २.२१ प्रतिशत, बेस रेट १२.२८ प्रतिशत रहेको छ ।
कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसाले बढेर ८ रुपैयाँ ९९ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६२ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७८ पैसा छ ।