मञ्जुश्री फाइनान्सको मुनाफा घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मञ्जुश्री फाइनान्सको खुद नाफा २२.७५ प्रतिशतले घटेर १० करोड ५४ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ करोड ६५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने १४.९९ प्रतिशतले घटेर ३७ करोड ३३ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी बढे पनि खराब कर्जामा वृद्धि भएको कारण यस फाइनान्सको नाफा प्रभावित भएको हो । खराब कर्जा १.४८ प्रतिशतले बढेर ३.५० प्रतिशत पुगेको छ । खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । गत वर्ष २३ लाख ९३ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ९ करोड ८३ लाख १४ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५९ पैसाले घटेर १५ रुपैयाँ ६१ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २७ पैसा छ ।