एभरेष्ट बैंकको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा ७.८८ प्रतिशतले धेरै हो । गत वर्ष यो बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने १.२७ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । यता, सञ्चालन नाफा २ अर्ब २६ करोडबाट बढेर २ अर्ब ४४ करोड पुगेको छ । सञ्चालन नाफा बढ्दा बैंकको खुद नाफा बढेको हो ।
यसको इम्पेयरमेन्ट चार्ज भने ३६ करोड ६६ लाखबाट बढेर ४३ करोड २३ लाख रुपैयाँ पुगेको छ । यसको वितरणयोग्य नाफा २ अर्ब ४० करोड रहेको छ । उक्त रकमले यस बैंकको २७.२५ प्रतिशत लाभांश वितरण क्षमता रहेको छ ।
बैंकको खराब कर्जा दर ०.५५ प्रतिशत विन्दुबाट बढेर ०.७७ प्रतिशतमा पुगेको छ । हाल यसको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ११ अर्ब ४२ करोड रुपैयाँ जम्मा छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६७ पैसाले बढेर २९ रुपैयाँ १२ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा रहेको छ ।