कालिका पावरले बोलायो चैत्र ८ गते साधारण सभा |
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा चैत्र ८ गते हुने भएको छ । कम्पनीले फागुन १५ गते बसेको संचालक समितिको बैठकबाट चैत्र ८ गते शुक्रबार ११ बजे, कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर माहानगरपालिका वडा नं. १० चितवनमा हुने भएको छ ।
सभामा आव २०७४∕७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण प्रकाशित गर्ने, सर्वसाधारण समूहबाट २ जना र स्वतन्त्रबाट १ जना संचालकहरु निर्वाचन गरि नियुक्त गर्ने भएको छ ।
जसका लागि बुक क्लोज फागुन २७ गतेदेखि फागुन ३० गते सम्म बन्द गर्ने भएको छ ।