अब भारतमा पनि हिमालयन रिइन्सुरेन्सले पुनर्बिमा व्यवसाय गर्न पाउने
काठमाडौं । नेपालमा पुनर्बिमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्सुरेन्सले अब भारतमा पनि पुनर्बिमामा व्यवसाय गर्ने भएको छ । भारतको बिमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले स्वीकृति दिएसँगै हिमालयन रिले भारतमा उक्त व्यवसाय गर्ने बाटो खुला भएको हो ।
हिमालयन रिइन्सुरेन्सको निवेदनमाथि आईआरडीएआईले मंगलबार स्वीकृति प्रदान गरेको हो । यो कम्पनी स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बिमा कम्पनी बन्न सफल भएको कम्पनीको दाबी छ ।
साथै, भारतमा व्यवसाय गर्न स्वीकृति पाएसँगै कम्पनीले पुनर्बिमा व्यवसायलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाएको छ । यो कम्पनीले केही साताअघि मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर निष्कासन प्रक्रिया जारी गरेर दोस्रो बजारमा कारोबार गर्दै आएको छ ।