आरएसडीसी लघुवित्तको नाफामा गिरावट
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आरएसडीसी लघुवित्तको खुद नाफालगायतको प्रमुख सूचक घटेको छ । खुद नाफा १२.७३% ले घटेर ६ करोड ९३ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ९४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ । यसले खुद नाफा प्रभावित पारेको हो ।
खुद ब्याज आम्दानी १७.३२% ले घटेर १२ करोड २० लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा १२.७३% ले घटेर ९ करोड ९० लाख ६ हजार रुपैयाँमा आएको छ । खराब कर्जा १.०१% ले बढेर १.८२% पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा खराब कर्जा ०.८१% थियो ।
पुस मसान्तसम्म आइपुग्दा आरएसडीसी लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसाले घटेर १५ रुपैयाँ ९४ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ०१ पैसा छ ।