जसपाले मनायो मधेस स्वाभिमान दिवस
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस स्वाभिमान दिवस मनाएको छ । माघ ३ गते मधेस प्रदेश नामकरण तथा स्थायी राजधानी घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा उक्त दिनलाई दिवसको रुपमा मनाउन सुरु गरिएको हो ।
बुधबार मधेस प्रदेश सरकारले आयोजना गरेको मधेस स्वाभिमान दिवसमा जसपाका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेका थिए ।
जसपाले केन्द्रीय कार्यालय बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी मधेस स्वाभिमान दिवस मनायो ।

त्यस्तै विभिन्न जिल्लाहरुमा दिपप्रज्वलन गरी उक्त दिवस मनाइयो ।
जसपाको गत पुस २७ मा सम्पन्न केन्द्रीय समितिको बैठकले मधेस दिवस मनाउने निर्णय गरेको थियो ।