टुँडिखेलको श्रद्धाञ्जलि कार्यक्रम भोलि शुक्रवार ८ देखि ११ बजेसम्म हुने |
काठमाडौं । हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्रीसहित सातै जनाको टुँडिखेलमा आज गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलि विहानका लागि सरेको छ ।
पोस्टमार्टमका लागि समय लाग्ने भएपछि बिहीबारको कार्यक्रम स्थागित गरी शुक्रबार विहान ८–११ बजेसम्मको समय तय गरिएको हो ।संघीय संसदका लागि कास्की क्षेत्र नं २ बाट निर्वाचित उनी पोखरा–३३ भरत पोखरीको जामुनाबोटमा जन्मिएका हुन् ।सरकारले मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय हिजै बुधवार गरिसकेको छ ।