हेलिकप्टर दुर्घटनाप्रति देउवाद्वारा दुːख व्यक्त |
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ताप्लुजुङमा हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाको मृत्यु भएकोमा दुːख व्यक्त गरेका छन् ।
सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै परिवारजनमा समावेदनासमेत व्यक्त गरेका छन्।् । उदयमान युवा नेताको निधनले आफू स्तब्ध भएको देउवाले बताएका छन् ।
‘ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाले जीवन गुमाएकोमा गहिरो दुःख लागेको छ । विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो ।’ देउवाले अगाडि भनेका छन्, ‘उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’
त्यसैगरी यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको उल्लेख गर्दै यस दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर के।सी। र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको बताएका छन्।
दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने विश्वास लिएकोसमेत देउवाले जनाएका छन्।